Logo
२६ बैशाख २०८१, बुधबार
(November 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो

४ मंसिरमा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई-दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।

देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

प्रकाशित मिति: Nov 11, 2022

प्रतिक्रिया दिनुहोस्