Logo
२९ बैशाख २०८१, शनिबार
(September 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य घिमिरेको निधन   

नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ ।

उनको बिहीबार राति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए ।

२०२५ सालमा जन्मेका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

‘उहाँको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ । उहाँको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ,’ शोक वक्तव्यमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Sep 16, 2022

प्रतिक्रिया दिनुहोस्