Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ  

सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली एक थान सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले स.११ प ५७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध र गोली फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट १ ग्राम ९ सय ३० मिलिग्राम ब्राउन सुगरसहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्र्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Sep 12, 2022

प्रतिक्रिया दिनुहोस्