Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सक्नु भएको छ ।

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै हुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।

यसै सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर गरियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु भयो र सूश्री पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे वताउनु भयो ।

प्रकाशित मिति: Sep 5, 2022

प्रतिक्रिया दिनुहोस्