Logo
१५ बैशाख २०८१, शनिबार
(August 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्वीटर गतिविधिलाई लिएर साउदी महिलालाई ३४ वर्ष जेल सजाय

साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ । राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पु¥याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल–शेहाबविरुद्ध साउदीको पुनरावेदन अदालतले ९ अगस्टमा उक्त सजाय सुनाएको हो ।

बेलायतको युनिभर्सिटी अफ लिड्समा पीएचडी अध्ययनरत तथा दुई सन्तानकी आमा शेहाबलाई थप ३४ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
ट्वीटरमा लगभग २६ सय फलोअरहरू भएका शेहाबले रूढिवादी सुन्नी मुस्लिम देशमा महिला अधिकारको बारेमा बारम्बार ट्वीट गर्थिन ।

यो सजाय खाडी देशमा अधिकारकर्मीहरूमाथिको दमनबीचमा आएको छ । उनीहरुमध्ये धेरैलाई जेल सजाय र यात्रा प्रतिबन्ध लगाइएको छ ।

बेलायतबाट साउदीमा बिदा मनाउने क्रममा शेहाबलाई सन् २०२१ को जनवरीमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: Aug 18, 2022

प्रतिक्रिया दिनुहोस्