Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला साफ : च्यासललाई अभ्यास मैदान बनाउने

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो ।

यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन ।

यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ । महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदै छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन् ।

यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्