Logo
२ जेष्ठ २०८१, बुधबार
(July 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।

प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो ।

उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ ।
उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । यस वर्ष उसले ३१ ओटा परीक्षण गरिसकेको छ ।

यो उत्तरको अहिलेसम्मकै धेरै परीक्षण हो । सन् २०१९ मा प्योङयाङले २५ ओटा परीक्षण गरेको थियो । उत्तरका बढ्दो आणविक गतिविधिलाई जवाफ दिन जुनमा दक्षिण कोरियाले ८ ओटा मिसाइल प्रहार गरेको थियो ।

सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरियाली युद्ध युद्धविराममा टुंगिए पनि उत्तर कोरियाले यसलाई अमेरिका विरुद्धको जित भएको दाबी गरेको छ ।

प्रकाशित मिति: Jul 28, 2022

प्रतिक्रिया दिनुहोस्