Logo
११ बैशाख २०८१, मंगलबार
(July 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस युनियनमा संस्थापन समुहलाई पाखा लगाउँदै संस्थापनइतर समुह हावी (हेर्नुस् सम्पुर्ण मतपरिणाम)

नेपाली काँग्रेस निकट  नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनबाट अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । ७४५ मत प्राप्त गर्दै अध्यक्षमा लम्साल निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छिन भने भुवन भट्टले १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी विजयी भएका छन् उनले ६८५ मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का उम्मेदवार सरोज अधिकारीले ६६५ मत प्राप्त गरेका छन् ।

हेटौंडामा शुक्रबार र शनिबार भएको महाधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो । एक हजार ६५० मतसंख्या रहेता पनि निर्वाचनमा एक हजार ३९७ मत खसेको थियो ।

पदाधिकारीका उम्मेदवारले पाएका प्राप्त मत : 

उपाध्यक्ष (खुला)
नकुल अर्याल ७७५ (विजयी), भीमष्मराज ओझा ६४० (विजयी), राममणि दाहाल ५९५, शेखर रेग्मी ३९५

उपाध्यक्ष (महिला)
कल्पना शर्मा ६१९, सलोजा दाहाल ७२० (विजयी)

उपाध्यक्ष (समावेशी)
दिपेन्द्र वान्तवा (निर्विरोध)

उपाध्यक्ष (प्रदेश १)
डिल्लीराम खतिवडा ५६० (विजयी), हेमराज दाहाल ४२९, लवदेव ढुङ्गाना २९०

उपाध्यक्ष(मधेश)
रोशनकुमार न्यौपाने ६२३, अनिल कर्ण ६४८ (विजयी)

उपाध्यक्ष (बागमती)
गिरीजा प्रसाद अधिकारी ६४७, डा. मुरारी अधिकारी ६७१ (विजयी)

उपाध्यक्ष (गण्डकी)
ओमकार आचार्य ६०१, ऋषिकान्त पौडेल ६७३ (विजयी)

उपाध्यक्ष (लुम्बिनी)
माधवप्रसाद अर्याल ७०१ (विजयी), जनार्दन घिमिरे ५८२

उपाध्यक्ष (कर्णाली)
भानुभक्त खड्का ५९९, राजेन्द्र कार्की ६९९ (विजयी)

उपाध्यक्ष सुदुर पश्चिम)
प्रेम चुनारा ५५२ (विजयी). मीन बहादुर बम १८९, मुकुन्द प्रसाद भण्डारी ५४१

उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी ८४२ (विजयी), निरज खतिवडा ४६२

महासचिव
दिलीप पौडेल ८७८ (विजयी), जगन्नाथ दुलाल ४५१

उपमहासचिव (खुला)
केशव सावद ५५६, युवराज गौतम ७३७ (विजयी), सन्तोष रेग्मी ५४४, विष्णु खड्का ४९४, कमल पन्त ५७७ (विजयी), रविन्द्र सुवेदी ५५८ (विजयी)

उपमहासचिव (महिला)
दिलिपाश्री अधिकारी ६८१ (विजयी), सुलोचना गौतम ६९०(विजयी), जानुका बराल ५२४, कुसुम सेन्चुरी ५०९

उपमहासचिव (समावेसी)
पवन श्रेष्ठ ५२९, अभयकुमार राई ७१३ (विजयी)

सचिव (खुला)
खगेन्द्र प्रसाद घिमिरे ४५७, खगेन्द्र भण्डारी ६४८ (विजयी), भुवन शर्मा ६३७ (विजयी), विजय रेग्मी ५२६, केदार प्रसाद दाहाल ६७७ (विजयी), गुरुप्रसाद गौतम ५७१, तीर्थराज बस्नेत ५८०(विजयी), लोकेन्द्र भट्ट ५५७

सचिव (महिला)
माला पालुङ्वा लिम्बु ६०२,मेनुका ढुङ्गाना ८०१ (विजयी) रोजी ढकाल पराजुली ६३३, पुष्पा शर्मा ६४४(विजयी), रेजिना गौतम ६३९ (विजयी)

सचिव( आदिवासी/जनजाति)
लालकुमार मुक्तान ७४१(विजयी), सुशील थकाली ५०५

सचिव (मधेसी)
अजित तिवारी ६५४ (विजयी), ओमप्रकाश साह ५८६

सचिव (पिछडिएको क्षेत्र)
एलपि देवकोटा ६६२ (विजयी), दयाराम पण्डित ६३३

सचिव (थारु)
सहदेव चौधरी(थारु) (निर्विरोध)

सचिव (खस आर्य)
टेकराज जोशी ६२८, युवराज रेग्मी ६३४(विजयी)

सचिव (दलित)
सन्तोष गन्धर्व ६३१, राजन रुचाल ६४४ (विजयी)

सचिव (रेडियो)
डम्बर बहादुर बम ५३३, नरहरि सापकोटा ७३४ (विजयी)

सचिव (टेलिभिजन)
अशोक कुमार तिवारी (निर्विरोध)

सचिव (अनलाइन)
छायाचन्द्र भण्डारी (निर्विरोध)

सचिव (छापा)
राधा खनाल ७३०(विजयी), श्यामप्रसाद खतिवडा ५४६

कोषाध्यक्ष
माधव धिताल ६७४ (विजयी), रमेश वाग्ले ६४६

 

भण्डारी निर्बिरोध : 

नेपाली कांग्रेस शुभेच्छुक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन हेटौंडामा संपन्न भएको छ । प्रेस युनियनको केन्द्रीय सचिवमा पत्रकार छायाचन्द्र भण्डारी निर्बिरोध निर्बाचित हुनुभएको छ ।

प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि निरन्तर सक्रिय भण्डारी निर्बिरोध निर्बाचित हुनुभएको हो । २ दशक भन्दा बढि सञ्चार क्षेत्रमा बिताइसक्नु भएका भण्डारी पत्रकारितालाई आकर्षण र मर्यादित बनाउन निरन्तर सक्रिय हुनुहुन्छ ।

हेटौडामा यही साउन ६ र ७ गते हुने अधिवेशनका लागि देशभरबाट झण्डै सत्र सय केन्द्रीय पार्षद् हेटौंडामा आउनु भएको थियो । हेटौंडामा संपन्न महाधिवेशन प्रधानमन्त्री एवं कांग्रेस शभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

नवौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

हेर्नुस् सबै उम्मेदवारको प्राप्त मतपरिणाम :

 

 

प्रकाशित मिति: Jul 26, 2022

प्रतिक्रिया दिनुहोस्