Logo
२० बैशाख २०८१, बिहीबार
(July 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडलले २० करोडको रक्सी चोरेको आरोपमा पक्राउ

प्रिसिला लारा ग्वेभारा मोडल मेक्सिकोकी बासिन्दाले एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै रेष्टुरेन्टबाट १.५ मिलियन डलर (करिब २0करोड रुपैयाँ) रक्सी चोरेको आरोपमा पक्राउ गरिएको छ ।

यस अघि पनि उनले अघिल्लो वर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट वाइन चोरी गरेका थिए ।

ग्वेभारा र डुमित्रुलाई ९ महिनासम्मको खोजीपछि यसैहप्ता पक्राउ गरिएको छ ।

यी दुईले कूल ४५ वटा बोतल चोरेको र तीमध्ये एउटा त १९ औँ शताब्दिको दुर्लभ वाइनको बोतलसमेत रहेको छ ।

ग्वेभाराले रुम सर्भिसको माग गर्दै त्यहाँका वेटरहरुको ध्यान भड्काएकी थिइन् भने अर्कातिर उनका साथीले वाइन राखिएको दराज खोलेर आफ्नो ब्यागमा महँगा बोतल राखेर त्यहाँबाट फरार भएको स्प्यानिस प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको खोजीमा स्प्यानिस, डच, क्रोएसियन र रोमानियाका प्रहरी परिचालित भएको र यसकासाथै इन्टरपोलको सहयोग पनि मागिएको थियो ।

रिपोर्टका अनुसार उनिहरु क्रोएशियामा बसिरहेको र सीमा पार गर्ने बेला उनीहरुलाई क्रोएशियाको प्रहरीले पक्राउ गरि स्पेन प्रत्यर्पण गरिने तयारी गरिएको छ ।

प्रिसिला मेक्सिकोमा मिस अर्थ–२०१६ पनि भइसकेकी छिन् । उनलाई मेक्सिकन ‘ब्युटी क्विन’ को रुपमा पनि चिनिन्छ । हाल उनी चोरीको केसमा फसेपछि चर्चामा आएकी हुन् ।

 

प्रकाशित मिति: Jul 22, 2022

प्रतिक्रिया दिनुहोस्