Logo
२३ बैशाख २०८१, आईतबार
(July 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समितिको समय थप्न माग, जनार्दन शर्माको बयान – अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् ।

आर्थिक वर्ष २०७९÷०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ ।

उक्त समितिको बिहीबार बैठकमा उपस्थित भएर शर्माले आफूले अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका हुन् । आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।

बयानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

यसैबीच शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ ।

बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए ।

प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखिख गणना हुनेगरी १० दिनको समय दिएको छ ।

 

प्रकाशित मिति: Jul 21, 2022

प्रतिक्रिया दिनुहोस्