Logo
२ जेष्ठ २०८१, बुधबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार महिनापछि कोरोनाबाट एक महिलाको मृत्यु

गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ ।
कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ । ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्