Logo
६ जेष्ठ २०८१, आईतबार
(July 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि उक्त विधेयकमाथि सैद्धान्न्तिक छलफल भइरहेको हो ।

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सरकारको आलोचना भएको छ ।

उक्त विधेयक फिर्ता लिएलगत्तै फेरि सरकारले नागरिकता विधेयक ल्याएको हो ।

प्रकाशित मिति: Jul 14, 2022

प्रतिक्रिया दिनुहोस्