Logo
१७ बैशाख २०८१, सोमबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटाले गरे पाँँचवटा विधेकय प्रमाणीकरण

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् ।

विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

सभामुखले प्रमाणीकरण गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रुप लिने संवैधानिक व्यवस्था छ ।

सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९ /०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।

उक्त विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्