Logo
१६ बैशाख २०८१, आईतबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेदरल्याण्डमा किसान आन्दोलन सुरु : सरकारले नाइट्रोजन मलमा प्रतिबन्ध पछि

नेदरल्याण्डमा किसानले सरकारविरुद्ध प्रदर्शन सुरु गरेको उनीहरूले सडकमा मल छालिरहेका छन्, घाँसको थुप्रो जलाउँदै, सुपरमार्केटहरूमा खाद्य आपूर्ति श्रृंखला अवरुद्ध गरिरहेका छन् ।

यति मात्र होइन, किसानले ट्र्याक्टरसहित राजमार्ग अवरुद्ध गरेको कारण नेदरल्याण्ड्स सरकारले हालै कृषि क्षेत्रबाट नाइट्रोजन उत्सर्जन घटाउने लक्ष्य राखेको छ।

सरकारले किसानलाई खेतमा नाइट्रोजनयुक्त मल प्रयोग नगर्न निर्देशन दिएको र यसअन्तर्गत सरकारले सन् २०३० सम्ममा नाइट्रोजन अक्साइड र अमोनियाको उत्सर्जन ५० देखि ७० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

सरकारको आदेशपछि आक्रोशित किसानले विमानस्थल बन्द गरेको साथै उनीहरुले प्रहरी लाइनमा तोडफोड गरेका छन् ।

प्रदर्शन देखेर नेदरल्यान्डका प्रधानमन्त्रीले किसानहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्नुपर्ने बताएको र राजमार्ग अवरुद्ध गर्नु, सडकमा मल छाल्नु, विमानस्थल बन्द गर्नु, मन्त्रीको घरबाहिर आतिशबाजी गर्नु अपराध हो ।

नेदरल्याण्डबाट सुरु भएको किसान आन्दोलनको लहर जर्मनी, इटाली, स्पेन र पोल्याण्डसम्म पुगेको छ । यी देशका किसानहरूले पनि नेदरल्याण्डका किसानहरूलाई सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्