Logo
२९ बैशाख २०८१, शनिबार
(July 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३ जना संस्कृति मन्त्रालयबाट पुरस्कृत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले ४३ जना लाई पुरस्कृत सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुहुँदै श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले भाषा, साहित्य, संस्कृति लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य श्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको बताउनुभयो ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल हुनुहुन्थो ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी लगायत हुनुहुन्थो ।

महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति: Jul 10, 2022

प्रतिक्रिया दिनुहोस्