Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं स्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको मृत्यु

काठमाडौं स्थित लैनचौरमा रहेको भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

नेपाल प्रहरीका अनुसार दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

स्रोतका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैंलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्