Logo
१५ बैशाख २०८१, शनिबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता शाहरुख खानको छोरा आर्यनले अदालतबाट मागे पासपोर्ट

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा क्लीन चिट पायपछि बिहीबार (३० जुन) विशेष एनडीपीएस अदालतमा राहदानी फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो याचिका उनको वकिल मार्फत दायर गरिएको र आर्यनले गत जेठमा गरेको आरोपपत्रमा आफूलाई अनुसन्धान निकायले अभियुक्त नराखेको भन्दै उक्त मुद्दामा सफाइ पाएको निवेदनमा उल्लेख गरेको छ ।

यसैबीच, अब अदालतले एनसीबीलाई जवाफ पेश गर्न निर्देशन दिएको र यस विषयमा सुनुवाइका लागि जुलाई १३ तारिख पनि तोकेको छ ।

अक्टोबर २, २०२१ मा, एनसीबीको टोलीले मुम्बईबाट गोवा जाँदै गरेको क्रुडेलिया क्रूजमा छापा मारेको र सो क्रममा त्यहाँबाट १३ ग्राम कोकिन, ५ ग्राम मेफेड्रोन, २१ ग्राम गाँजा, २२ थान एमडीएमए (एकस्टेसी) चक्की रु १ लाख ३३ हजार नगद बरामद भएको थियो ।

क्रुजबाट १४ जनालाई पक्राउ गरेको थियो र केही घण्टाको सोधपुछपछि आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुम धामेचालाई ३ अक्टोबर दिउँसो पक्राउ गरेको देखाइएको थियो ।
त्यसपछि आर्यन र उनका सहयोगीलाई अक्टोबर २८ मा जमानत दिइएको थियो ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्