Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले १४४ युक्रेनी सैनिक रिहा गरे

मे महिनामा युक्रेनको मारिउपोलमा भएको लडाइमा २५ सयभन्दा बढी युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेका थिए भने त्यस मध्य १४४ युक्रेनी सैनिक रिहा गरेको छ ।

युक्रेनको गुप्तचर विभागले भने कि मस्कोले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको र बदलामा युक्रेनले पनि केही रुसी सैनिकलाई रिहा गरेको छ ।

रुसी सेनाले दक्षिणी युक्रेनी सहर माइकोलाइभको एउटा भवनमा आक्रमण गर्दा २ युक्रेनी नागरिकको मृत्यु र ३ जना घाइते भएका छ ।

सोमबार, रुसी सेनाले एक शपिंग कम्प्लेक्समा मिसाइल आक्रमण गरेका थिए । कम्प्लेक्समा एक हजारभन्दा बढी मानिसको उपस्थिति रहेको थियो र १८ जनाको मृत्यु भएको थियो ।

अर्कोतर्फ संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) लाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले पुटिनलाई आतंकवादीसँग तुलना गरे र जेलेन्स्कीले भने- रुसको नरसंहार तत्काल बन्द गर्नुपर्छ, अब विश्वले कदम चाल्नुपर्छ । जेलेन्स्कीले सपिङ कम्प्लेक्समा भएको आक्रमणको छानबिन गर्न संयुक्त राष्ट्रसंघलाई टोली पठाउन आग्रह गरे।

हालै जी–७ शिखर सम्मेलनमा युद्ध रोक्न रुसमाथि थप प्रतिबन्ध लगाउने निर्णय भएको थियो र शिखर सम्मेलनपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खिल्ली उडाउँदै भने– पुटिन महिला भएको भए युक्रेनमा आक्रमण गर्ने थिएनन् ।

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्