Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्धवको राजिनामापछि कंगनाले भनिन – पाप बढेपछि विनाश हुन्छ, त्योपछि सृष्टिमा कमल फुल्छ

महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेले बिहीबार राजीनामा दिएको यसैबीच अभिनेत्री कंगना रनौतले उद्धव ठाकरेलाई साजिक सञ्जालमा लेखिन्– जब पाप बढ्छ, तब सर्वनाश हुन्छ र त्यसपछि सृष्टि हुन्छ‘ त्यसपछि जीवनमा कमल फुल्छ ।

कंगनाले आफ्नो बयानमा भनिन्, “१९७५ पछि यो समय भारतको लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण समय हो किनकि सन् १९७५ मा लोकनेता जेपी नारायणको आह्वानमा सिंहासन छोड्न जनता आएपछि सिंहासन ढलेको थियो । २०२० मा मैले भनेको थिएँ कि लोकतन्त्र एउटा विश्वास हो र जसले सत्ताको घमण्डमा यो विश्वास तोड्छ उसको घमण्ड पनि टुट्ने पक्का छ” ।

अभिनेत्रीले थप भनिन् – “यो कुनै व्यक्ति विशेषको शक्ति होइन, यो एक सच्चा चरित्रको शक्ति हो। दोस्रो, हनुमान जीलाई शिवको १२ औं अवतार मानिन्छ र जब शिव सेनाले हनुमान चालिसालाई प्रतिबन्ध लगाउँछ, तब शिवले पनि बचाउन सक्दैनन्। हर हर महादेव।। जय महाराष्ट्र, जय हिन्द ।”

दुई वर्षअघि बीएमसीले मुम्बईको पाली हिलमा रहेको कंगना रनौतको कार्यालय मणिकर्णिका फिल्म्सका केही भागलाई गैरकानूनी भन्दै भत्काएको थियो र बीएमसीले अभिनेत्री कंगना रनौतको अफिसको भुइँ तल्लाको शौचालयलाई गैरकानुनी रूपमा कोठामा परिणत गरी भान्साकोठा बनाएको बताएको थियो ।

बीएमसीको यो कारबाहीपछि कंगनाले विज्ञप्ति जारी गर्दै भनिन्, ‘आज मेरो घर भाँचिएको छ, भोलि तिम्रो घमण्ड टुट्नेछ ।

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्