Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ वर्षमा पाँचौं पटक चुनाव हुने इजरायलको संसद विघटन

इजरायलमा ५ औँ पटक संसद भंग भएको र यसको विशेष विधेयक पारित भएपछि नयाँ निर्वाचनको बाटो खुलेको र नयाँ निर्वाचनलाई सबै दलले समर्थन गरेका छन् ।

सन् २०१९ र २०२२ बीचको यो पाँचौं निर्वाचन हुने र नफ्ताली बेनेट सरकारमा दोस्रो नम्बरमा रहेका येर लापिडलाई कार्यवाहक सरकारको जिम्मेवारी दिइएको छ ।

केही दिनअघि पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु समर्थन जुटाएर फेरि प्रधानमन्त्री बन्न सक्ने अनुमान गरिएको तर, पछि उनले नयाँ निर्वाचन गराउनु राम्रो हुने निर्णय पनि गरे ।

टाइम्स अफ इजरायलको एक रिपोर्ट अनुसार – बेनेटले नेतान्याहु जस्तै गठबन्धन कसरी चलाउने भन्ने थाहा नभएका कारण सत्ता गुमाएका थिए र इरानले इजरायललाई नराम्रो परिणाम भोग्ने धम्की दिएको बेला बेनेटको सरकार पतन भयो ।

बेनेट सरकारमा अहिले परराष्ट्र मन्त्री भएका येर लापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन्, तर उनीसँग निर्वाचित प्रधानमन्त्रीको समान अधिकार हुनेछैन ।

इजरायली सञ्चारमाध्यमका अनुसार यस वर्षको अक्टोबर २५ वा नोभेम्बर १ मा चुनाव हुन सकने र पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पार्टी सत्तामा फर्किन सक्ने विश्वास गरिएको छ ।

बेनेटको गठबन्धनमा दक्षिणपन्थी पार्टीहरू साथै लिबरल र अरब पार्टीहरू पनि सामेल थिए र यो गठबन्धन टिक्न गाह्रो हुने सुरुदेखि नै देखिन्थ्यो।

नतान्याहुले हालै एक अन्तर्वार्तामा भनेका थिए–”बेनेट सरकार इजरायलको इतिहासमा सबैभन्दा खराब र कमजोर सरकार थियो र म आशा गर्छु कि जहिले पनि नयाँ निर्वाचन हुन्छ, मेरो पार्टीले स्पष्ट बहुमत ल्याउनेछ र हामी हाम्रो देशलाई द्रुत गतिमा अगाडि बढाउनेछौं ।”

इजरायलको संसदमा १२० सिट छन् र त्यसमा बहुमतका लागि ६१ सिट आवश्यक छ । त्यसैले कुनै पनि दललाई बहुमत ल्याउन सहज छैन ।

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्