Logo
१७ बैशाख २०८१, सोमबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कार्यकक्षमै हातपात

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । मन्त्रीकै पार्टी जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

तर सांसद यादवले आफू हातपात नगरेको बताएका छन् । ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ ।’ सांसद यादवले भने ‘पानीको बोतल बजारेको हुँ ।’ आफू मन्त्रीको टेबलमा समेत नगएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्