Logo
१६ बैशाख २०८१, आईतबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए ।

काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ ।

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्