Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलमाविजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २-२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।

प्रकाशित मिति: Jun 3, 2022

प्रतिक्रिया दिनुहोस्