Logo
६ जेष्ठ २०८१, आईतबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ ।

१५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्