Logo
६ जेष्ठ २०८१, आईतबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्