Logo
६ जेष्ठ २०८१, आईतबार
(May 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए ।

दीर्घकालीन र प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने बताउँदै उनले पूर्व–पश्चिम राजमार्गमा रेलमा चलाउन सकिने बताए ।

आरोप–प्रत्यारोपले देश नचल्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकास र समृद्धि गर्न कहाँ कहाँ चुकियो, यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले कृषिलाई अर्थतन्त्रको आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: May 27, 2022

प्रतिक्रिया दिनुहोस्