Logo
१५ बैशाख २०८१, शनिबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन भयो : खनाल

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् ।

रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’

युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उनले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताए । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उनले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनको दाबी छ ।

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्