Logo
६ जेष्ठ २०८१, आईतबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

सरकारको नीति तथा कार्यक्रम :

काठमाडौँ : सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनमा सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने उल्लेख गरिन्।

रणनीति महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने, सार्वजनिक खरिद कानुनमा सुधार तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आबद्धता गरिने नीति कार्यक्रममा उल्लेख छ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठक संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछिन्।

हरेक वर्ष बजेट भाषणअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ। त्यसबमोजिम हिजो मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज प्रस्तुत भएको हो। राष्ट्रपति भण्डारी केही बेरअघि संसद भवनमा स्कर्टिङ सहित प्रवेश गरेकी थिइन्।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्