Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा दाहाल र अधिकारी विजयी, वीरगन्जमा सिंह र आलम विजयी

भरतपुर महानगर पालिका र वीरगन्ज महानगर पालिकाको मतपरिणम सार्वजनिक भएको छ । बागमती प्रदेशको चितवन स्थित भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । भने उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

त्यस्तै मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयर विजयी भएका छन् ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन् ।

भरतपुरमा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् ।

भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।

प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।

हिमलालाई एमालेको समर्थन थियो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ ।

यसैगरी विरजञ्जका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मेयरमा सिंहले ४६ हजार २ सय १५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मत पाएका छन् ।

निवर्तमान मेयरसमेत रहेका सरवागीलाई सिंहले २२ हजार ५ सय ४४ मतले पराजित गरेका हुन् ।

मेयरका अर्को उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाएका छन् ।

उपमेयरमा विजयी भएका कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाएका छन् ।

आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गरेका हुन् । उपमेयरमा विजयी भएका आलम कांग्रेस पर्साका जिल्ला सचिव हुन् । मेयर र उपमेयरमा एमाले र लोसपाले गठबन्धन गरेको थियो ।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्