Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको हरिनगरमा कांग्रेसका गफार र रिमझिम पुनः विजयी

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

६ हजार १ सय ७२ मत ल्याएर अध्यक्षमा गफार अन्सारी मिया र उपाध्यक्षमा रिमझिमकुमारी भगत ६ हजार २ सय १३ मत ल्याएर विजयी भइन् ।

मियाका निकट प्रतिस्पर्धी नेकपा एमालेका लस्करी अन्सारीले ५ हजार १ सय ५४ मतमात्र ल्याउन सके ।

उपाध्यक्ष पदमा निर्वाचित भगतकी निकटम प्रतिद्वन्द्वी एमालेकी कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याइन् । विजयी दुवैजना निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् ।

प्रकाशित मिति: May 21, 2022

प्रतिक्रिया दिनुहोस्