Logo
१५ बैशाख २०८१, शनिबार
(May 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ किन आए राहुल गान्धी ?

भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कंग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल अवतरण गरेका हुन् ।

कंग्रेस आईका नेता राहुल गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । उदास अमेरिकी टेलिभिजन प्रसारण संस्था सीएनएनको लागि भारतमा काम गरेकी थिइन । त्यही क्रममा सुम्निमा र राहुलबीच मित्रता भएको बताइन्छ । सुम्निमाका बाबू भीम उदास खाद्य तथा कृषि संगठनमा काम गर्थे । उनी यसअघि म्यानमारका लागि राजदूत पनि थिए । सुम्निमाले आज निमा मार्टिन शेर्पासँग बिबाह गर्दैछन् ।

प्रकाशित मिति: May 3, 2022

प्रतिक्रिया दिनुहोस्