Logo
७ जेष्ठ २०८१, सोमबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा विराटनगरको मेयरका लागि पाँच जनाको नाम सिफारिस

प्रदेश नं १ स्थित विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमाले विराटनगरले पाँच जनाको नाम सिफारिस गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा पाँच जना सिफारिस भएका हुन् ।

एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि सर्वसम्मतरुपमा हरिकृष्ण व्यञ्जनकारलाई सिफारिस गरेको छ ।सरकारले वैशाख ३० गते हुने स्थानिय निर्वाचन गर्दै छ ।

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्