Logo
६ जेष्ठ २०८१, आईतबार
(April 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोपको उद्घाटन

टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले  रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका हुन् ।

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ ।

बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

 

प्रकाशित मिति: Apr 7, 2022

प्रतिक्रिया दिनुहोस्