Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘अहिलेको गठबन्धन सरकार कुहिएर आफैँ र्झछ, समयलाई हामीले पर्खिनुपर्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार कुहिएर आफैँ झर्ने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् ।

उनले भने, ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ भन्ने यो कुहिसकेको छ तर कुहिएको फल पनि कुहियो भन्ने बित्तिकै खत्रक्क झर्दैन । त्यो झर्नलाई मज्जाले कुहिसक्नु पर्छ । यो कुँहिदैछ । यो झर्ने बेलातिर जाँदै छ । यो झर्छ । झर्ने समय हामीले पर्खिनुपर्छ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

ओलीले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए ।

ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैङ्कसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश सङ्कटमा रहेको बताए ।

उनले भने, ‘खल्तीमा कसैको पैसा हुँदैन । बैङ्क त्यसै कारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैङ्कबाट लोन लिनुपर्छ । दिनुपर्छ बैङ्कले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैङ्क पैसा दिन सक्दैन । बैङ्क पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्