Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बारको निर्वाचनको मतगणना जारी, गठबन्धनका घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब ५ सय मतले अगाडि छन् ।

आज बिहान ११ः३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले ९३२ मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई करिब ५ सय मतले पछि पारेका छन् ।

त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् ।

महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि छन् ।नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् ।

हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ ।

त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ ।एमाले निकट प्रगतिशील समूहको पकड रहेको पाटन बार र काठमाडौं जिल्ला बारको मत भने अझै गन्न बाँकी नै छ ।

बारको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसको थियो । अध्यक्ष पदमा निर्वाचित हुन करिब ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्