Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले प्रवेश गरेको २४ घण्टामै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्डलाई

एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले आज प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् ।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले गल्ती गरेको सकेपछि अब काममा फर्किन निर्देशन दिएका थिए ।०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।

तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए।

 

 

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्