Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रबाट नै चुनावी तालमेल लाद्न खोजे देशव्यापी विरोध हुन्छ : शेखर कोइराला

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रबाट तालमेल लाद्न खोजे देशव्यापी विरोध हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले  बताएका छन् ।

पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने बताएका हुन् ।

केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ। फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ ।

उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’ सत्तारुढ गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।

नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गरे ।

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्