Logo
६ जेष्ठ २०८१, आईतबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको फेरि बढ्यो मूल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको छ ।

यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ ।निगमले ठुलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ ।

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्