Logo
६ जेष्ठ २०८१, आईतबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चद्वारा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले दायर गरेको रिट खारेज

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट खारेज गरेको छ ।

मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन ।

रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ । सदस्य सचिवसम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो ।

सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्