Logo
६ जेष्ठ २०८१, आईतबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो व्यापार घाटा बढेको छ त्यसैले सरकार रेल्वे निर्माण गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपालको बढ्दो क्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

विश्व बैङ्कको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दो क्रममा रहेको भन्दै तत्काल अहिले नेपाल सरकार आफैँले रेल्वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका हुन् । साथै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल्वेमा लगानी गर्न सक्ने बताए ।

‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल्वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेल्वे बनाउन सकिन्छ । त्यो भयो भने मात्रै फाइदाजनक हुनसक्छ ।’

प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्दै अन्य ठाउँहरूमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्