Logo
६ जेष्ठ २०८१, आईतबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली भन्छन् : ‘एक्लै एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक्लै एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका छन् ।

मंगलबार वीरगन्जमा आयोजित कार्यक्रममा आलीले एक्लै एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् । ।

उनले भने, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’ओलीले अगाडि भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

यस्तै, अध्यक्ष ओलीले केही स्वार्थी व्यक्तिले आफू मधेशविरोधी रहेको हल्ला चलाएको बताए । उनले आफू ६० बर्षदेखि मधेशमा बसेको र आफू पनि मधेशको बासिन्दा भएको समेत दाबी गरे ।

 

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्