Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले विदेश पढ्न जान रोकिएका विद्यार्थीले चैत २५ भित्र मन्त्रालयमा निवेदन दिन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरुले यही चैत २५ गतेभित्र मन्त्रालयमा निवेदन दिन आग्रह गरेको छ ।

कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए। www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल[email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटक पटक सरकारलाई आग्रह गर्दै आएका थिए।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्