Logo
२ जेष्ठ २०८१, बुधबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने भट्टराईको चेतावनी

जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने चेतावनी दिएका छन् । छन् ।

उनले स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्क स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

उनलेसोमबार ट्वीटमार्फत चेतावनी दिदै लेखेका छन्,“जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जो-कसैले गरे पनि त्यो स्वीकार्य हुन्न।”

आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले  ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् ।

गठबन्धनको धर्म र मर्यादा सबैले इमानदारितापूर्वक पालना गर्न उनको आग्रह छ । ‘कुनै छलछाम नगरौँ। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौँ’, उनले लेखेका छन् ।

 

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्