Logo
३० बैशाख २०८१, आईतबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिद रामवृक्ष यादवको सालिक अनावरण गर्न प्रचण्ड पुगे जनकपुरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर गएका छन् ।

सहिद रामवृक्ष यादवको सालिक अनावरण गर्न आज बिहानै प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र सङ्घर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्