Logo
२९ बैशाख २०८१, शनिबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा बनारस जादैँ, आजै काठमाडौं फर्किने

छिमेकी मुलुक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतको उत्तर प्रदेश बनारस जादैँ छन् । प्रधानमन्त्री देउवा आज काठमाडौं फर्किनु अघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँ दिल्लीबाट बनारस प्रस्थान गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँ दिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौँका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँ दिल्ली गएका थिए । शनिवार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए ।

साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्