Logo
२९ बैशाख २०८१, शनिबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गर्न आयोगले बालायो दलहरूलाई

निर्वाचन आयोगले छलफल गर्न वैशाखमा हुने स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई छलफलका लागि बोलाएको छ ।

स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफलका लागि निर्वाचन आयोगले बोलाएको हो ।चैत २२ गते मङ्गलवार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन लागेको छ।

आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिबद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।

गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ।स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिबद्धता लिइने आयोगको भनाइ छ।

 

 

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्