Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड स्टार ब्रुस विलिसले अभिनयबाट सन्यास लिने घोषणा

हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् ।

उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो ।ब्रुस एफासिया रोगबाट पिडित भएका छन् ।

यो रोगका कारण उनको बोल्ने, लेख्ने र भाषा बुझ्ने क्षमतामा असर परेको छ । सोही कुरोको बिचार गरेर उनले अभिनय छोड्ने फैसला दिएका हुन्’ सामाजिक संजालमा भनिएको छ ।

ब्रुसले १९८० को दशकमा अभिनय करियर सुरु गरेका थिए । आफ्नो लामो अभिनय करियरमा उनले ‘द बक्सिङ’, ‘होस्टेज’, ‘ग्लास’ जस्ता कयौ राम्रा फिल्म दिएका छन् । उनी डाई हार्ड सिरिजका कारणले पनि चर्चित छन् ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्