Logo
२९ बैशाख २०८१, शनिबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, भ्रमण प्रधानमन्त्रीकाे हैसियतले कि निजी?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति आपत्ति जनाउँदै प्रश्न उठाएको छ । देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रश्न उठाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘स्वाभाविक रूपमा प्रश्न उठेको छ : शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जान लागेकोतर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

त्यस्तै उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्त्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठुलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

 

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्