Logo
७ जेष्ठ २०८१, सोमबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा स्थानीय निर्वाचनको सरगर्मी : यी हुन् १२ ओटै पालिकाका संभावित उम्मेदवार !

प्रदेश १ स्थित सुनसरीमा स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । यहाँ रहेका १२ ओटै पालिकामा संभावित उम्मेदवारहरुले आ-आफ्ना दावी प्रस्तूत गरिरहेका छन् ।

अधिकांश पालिकामा बर्तमान नेतृत्वले नै पुनः उम्मेदवारी दावी गरेका छन् । अन्य दलमा प्रायः एक/एक जना उम्मेदवार मात्र उत्रिए पनि नेपाली कांग्रेसबाट भने गुटपिछै अलग-अलग उम्मेदवारी प्रस्तूत हुनेगरेका छन् ।

यहीँ बैसाख ३०, हुने स्वायत्त निकाय भनिएको स्थानीय तहको निर्बाचनमा ८ ओटा राष्ट्रिय राजनीतिक दल सहित अन्य दर्जनौं दल चुनावी मैदानमा उत्रिएका छन् ।

देसभर नेकपा एमाले र नेपाली कांग्रेसबीच नै जताततै प्रतिस्पर्धा देखिएका छन् । त्यसैगरी राष्ट्रिय दलहरु
नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेबाट फूटेका नेकपा एस र जसपाबाटै फुटेका लोकतान्त्रिक समाजवादी पार्टी चुनावी मैदानमा छन् । त्यसैगरी अन्य दलहरू भने स्वतन्त्र हैसियतमा चुनावी मैदानमा रहेका छन् ।

सुनसरीको १२ ओटै पालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । केहि स्थानमा भने जसपा पनि मजबुत देखिएका छन् ।

यस अघि २०७४ सालको पालिका निर्बाचनमा सुनसरीको १२ मध्ये ९ वटा पालिकामा बिजय हासिल गरेका नेपाली कांग्रेसमा भने यसपाली बढी गुटबन्दी देखिएका छन् भने गुटपिछै अलग-अलग उम्मेदवारहरु प्रस्तुत भैरहेका छन् ।

सुनसरीको धरान, इटहरी उपमहानगरपालीका, रामधुनी, इनरुवा, दुहबी, बराहक्षेत्र नगरपालिका, गढी, बर्जु, देवानगंज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिका गरि यहाँ १२ ओटा पालिकाहरु रहेका छन् ।

उपनिर्वाचन मार्फत धरान उपमहानगरमा कांग्रेसले जीत हासिल गरेका यहाँ मेयर तिलक राई सहित यसपाली कांग्रेसबाटै सुजेन्द्र तामाङ, उमेश थापा, किशोर राई, श्याम पोख्रेल, श्यामा रेग्मी, सुरज श्रेष्ठ, अजय राई उम्मेदवार रहेका छन् । तर बर्तमान मेयर राई र थापा मध्ये कोहि एकजनाले टिकट पाउने श्रोतको दावी छ ।

त्यसैगरी इटहरी उपमहानगरमा एमालेका बर्तमान मेयर द्वारिकलाल चौधरी सहित नेपाली कांग्रेसबाट हेमकर्ण पौडेल, रोहीत प्रशाईं, बिकास केसी, भीम पौडेल लगायतका संभावित उम्मेदवार रहेका छन् ।

इनरुवा नगरपालीकामा बर्तमान मेयर कांग्रेसका राजन मेहतासहित कांग्रेसबाटै केदार भण्डारी, संजय श्रेष्ठ, योगेन्द्र प्रसाद मेहता लगयतका उम्मेदवार छन् । त्यसैगरी एमालेबाट मनोज मेहता, पोष्टकुमार नेपाल, इन्द्र पोखरेल, रामप्रसाद मेहता लगायतका उम्मेदवार छन् । त्यस्तै जसपाबाट भने दिलिपचन साहु उम्मेदवार रहेका छन् । माओवादीबाट मेयरका कोही उम्मेदवार देखिएका छैनन् ।

त्यस्तै दुहबीमा कांग्रेसका बर्तमान मेयर बेदनारायण गच्छदार सहित कांग्रेसकै कुमार थापा, प्रदीप चौधरी लगायतका उम्मेदवार छन् ।

त्यस्तै बराहक्षेत्रमा एमालेका निलम खनाल सहित कांग्रेसबाट बाबुराम बिष्ट, कालुराम चौधरी, दिपेशजंग बस्नेत, अनु गुरुगं, रमेश काफ्ले, रमेश कार्की, सुरेन्द्र गुप्ता लगायत उम्मेदवार छन् ।

रामधुनीमा भने कांग्रेसका बर्तमान मेयर जयप्रकाश चौधरी सहित सुदीप अधिकारी, बद्रीनारायण चौधरी, सगेन चौधरी लगायका उम्मेदवार छन् ।

त्यस्तै गढी गाँउपालीकामा कांग्रेसका बर्तमान अध्यक्ष श्रीप्रसाद यादब सहित बिरेन्द्र शाह, बीरनारायण चौधरी, कमल नारायण चौधरी लगायतका छन् ।

बर्जुमा कांग्रेसका बर्तमान अध्यक्ष रघुनन्दन चौधरी, इस्रायल मन्सुरी, कृष्ण संग्रौला उम्मेदवार छन् ।

त्यस्तै भोक्राहा नरसिंहमा जसपाबाट चुनाव जितेका महेन्द्र यदव यसपटक एमालेबाट अध्यक्षका उम्मेदवार छन् । त्यस्तै जसपाबाट पुनम मेहता, अर्को महेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसबाट भने यहाँ युवराज दहाल, अज्मल अख्तर, शत्रुधन यादब लगायतका उम्मेदवार छन् ।

कोशी गाँउपालीकामा कांग्रेसका ऎयुब अन्सारी सहित कांग्रेसबाटै राजु शाह, सदानन्द मण्डल, लगायतका उम्मेदवार छन् । यहाँ एमालेबाट अजय कुशियैत कडा प्रतिस्पर्धी उम्मेदवारका रूपमा छन् ।

हरिनगरमा कांग्रेसका बर्तमान अध्यक्ष गफार अन्सारी सहित हेमनारायण मेहता, नुनु मिया, रामानन्द पण्डित लगायतका उम्मेदवार छन् ।
त्यसैगरी यहि जसपाबाट धर्मवीर आर्य र एमालेबाट लस्करी अंसारी उम्मेदवार छन् ।

त्यसैगरी देवानगञ्जमा कांग्रेसका बर्तमान अध्यक्ष लालीप्रसाद मेहता, श्यामलाल मेहता र सन्तोष भगत उम्मेदवार छन् । त्यस्तै यहाँ जसपाबाट बेचन मेह्ता कडा प्रतिस्पर्धीका रूपमा उम्मेदवार छन् ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्