Logo
२९ बैशाख २०८१, शनिबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय निर्वाचनमा भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी रहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए ।

साथै प्रचण्डले महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने जानकारी दिए ।

उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ ‘, उनले भने, ‘काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भने ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्